जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन्

नेपाली कांग्रेस निकट पूर्वकर्मचारी समाज नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको लोकतन्त्र प्राप्तिसहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको छ भने । उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र भने स्थायी हुने र जनतासँग निरन्तर जोडिने गरेको उल्लेख गरे ।


उनले भने, ‘नेपाली जनताको उन्नति, प्रगति कांग्रेसको चाहना हो  । म पार्टीलाई बलियो बनाउने काममा एकजुट भएर लाग्न आग्रह गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here