पाकिस्तानमा वन क्षेत्र बढाउन र प्रदूषण रोक्न वृक्षरोपण अभियान



दक्षिण एसियाली देशमा वन क्षेत्र बढाउने र प्रदूषण नियन्त्रण गर्ने प्रयासमा पाकिस्तानले सोमबार विभिन्न जिल्लामा वृक्षरोपण अभियान सुरु गरेको छ । ‘प्लान्ट फर पाकिस्तान’ भनेर चिनिने अभियान देशमा रुख रोप्नका लागि छुट्याइएको जग्गाको पुनःस्थापना, वृक्षरोपण प्रवर्द्धन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले गरिएको जलवायु परिवर्तन तथा वातावरण समन्वय मन्त्रालयले जनाएको छ ।

प्लान्ट फर पाकिस्तान ड्राइभ सन् २०२६ सम्म जारी रहने र यसको दायरा अन्य जिल्लामा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ । वृक्षरोपण अभियानलाई प्रदेश सरकार, कर्पोरेट क्षेत्र, युवा तथा आम जनताको सहयोग रहनेछ । यो आयोजनाले प्रदूषण घटाउन मात्र नभई देशमा काठ उद्योगको विकास गर्नुका साथै कृषियोग्य जग्गाका मालिकलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here