टर्की प्रहरीद्वारा ३६३ लागुऔषध संदिग्ध पक्राउ



टर्कीका गृहमन्त्री अली येर्लिकायाले मङ्गलबार टर्की प्रहरीले लागुऔषध कारोबारीहरू विरुद्ध देशभर व्यापक कारबाही सुरु गरेको र तीन सय ६३ जना संदिग्धलाई पक्राउ गरेको बताएका छन् ।

स्थानीय अपराध सिन्डिकेट साथै लागूऔषध उत्पादक र डिलर विरुद्ध राष्ट्रव्यापी कारवाहीमा ‘नार्कोसेलिक–१५’ अपरेशन इस्तानबुल, अङ्कारा, इज्मिर र अन्टाल्यालगायत ५२ प्रान्तमा गरिएको मन्त्री येर्लिकायाले सामाजिक सञ्जालमार्फत उल्लेख गरे ।


प्रहरीले दुई सय १७ केजी लागुऔषध र ११ लाखभन्दा बढी लागुऔषध चक्की बरामद गरेको छ ।उक्त अपरेसनमा प्रहरीको नौ सय ३६ टोली, दुई हजार तीन सय ४० कर्मचारी, नौ विमान र ३८ वटा लागूऔषध पत्ता लगाउने कुकुर संलग्न थिए ।

मन्त्री येर्लिकायाले लागूऔषध तस्करहरू र सङ्गठित अपराध सिन्डिकेट विरुद्ध लडाइँ जारी रहने बताए ।टर्की लामो समयदेखि लागूऔषधका लागि ट्रान्जिट देशका रूपमा चिनिन्छ तर सरकारले गत वर्षदेखि लागूऔषध गिरोहहरू विरुद्धको अभियानलाई तीव्र पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here