पार्टी विभाजन : जसपा नेपालले कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्ने



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएका छन् ।

मंगलबार पार्टी कार्यालयमा शीर्ष नेताहरूसँग गरेको अनौपचारिक छलफलबाट कानुनी उपचार खोज्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष समुनले जानकारी दिए ।


दल विभाजन सम्बन्धी कानुन नै नभएको अवस्थामा निर्वाचन आयोगले पार्टीको मान्यता दिएको निष्कर्ष निकाल्दै जसपा नेपाल न्यायका लागि अदालत जाने निष्कर्षमा पुगेको उनले बताए ।

बुधबार यस विषयमा कानुनी परामर्श लिएर अगाडि बढ्ने बताउँदै उनले पार्टीमाथि राज्यकै तर्फबाट षड्यन्त्र भएकाले कानुनी उपचारमा जाने अवस्था आएको बताए ।  

पार्टीको आधिकारिकता दिँदा थुप्रै ठाउँमा कानुनी त्रुटि भएको आफूहरूले पाएको उनले बताए । उनले यसका लागि कानुन विज्ञसँग छलफल भइरहेको बताए ।

पार्टी विभाजन, जसपा नेपालको आधिकारिक धारणाबारे जानकारी गराउन बुधवार पत्रकार सम्मेलनको समेत आयोजना गरिएको उनले बताए । सो पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले आफ्नो धारणा राख्ने बताईएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईको नेतृत्वमा ७ जना सांसद अलग भएर जसपा गठन गरिएको छ । निर्वाचन आयोगले हिजोमात्रै दल दर्ताको प्रमाणपत्र पनि दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here