ओलीले भने: संसद्मा रविजीलाई बोल्न दिनुपर्छ, कांग्रेसले अडान त्यागोस्



काठमाडौं । नेकपा एमालेले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा स्प्रष्टीकरण दिने मौका दिनुपने बताएको छ ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका ५ ठूला दलका शीर्ष नेताहरुबीचको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई संसद्मा बोल्न दिनुपर्ने बताएका हुन् ।


‘उहाँमाथि शंका उठेपछि संसद्मा बोल्न दिनुपर्छ । यो न्यायको सामान्य सिद्धान्त पनि हो । म आग्रह गर्न चाहान्छु रविजीलाई संस्दमा बोल्न दिउँ । प्रतिपक्षी साथीहरुले आफ्नो अडान त्याग्नुस’ ओलीको भनाई उद्दृत गर्दै एक नेताले भने ।

यता एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि व्यक्तिलाई तोकेर छानबिन समिति बन्न नसक्ने प्रष्ट पारे । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख दलका शीर्ष नेताबीचको छलफलपछि सञ्चारकर्मीसित एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, “कांग्रेस गृहमन्त्रीलक्षित रहेर समिति बनाऊँ भन्छ, त्यो सम्भव छैन ।अरूको कुरा सुन्ने सामर्थ्य कांग्रेसले राख्नुपर्छ । अनि मात्र कांग्रेसलाइ सुन्न सकिन्छ,” बर्तौलाले भने ।

सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । वैशाख २८ गतेबाट सुरु हुने प्रतिनिधि सभाको बर्खे अधिवेशनमा पनि कांग्रेसले अवरुद्ध गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here