भारतविरुद्ध नेपालको सय रन पुरा



काठमाडौँ । नेपालको सय रन पुरा भएको छ । नेपालले २१.३ ओभरमा ३ विकेट गुमाउदै भारतविरुद्ध सय रन पुरा गरेको हो ।

यसैबीच नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २ रन बनाएर आउट भएका छन् । उनलाई रविन्द्र जडेजाले आउट गरेका हुन् । जडेजाले यस खेलमा लिएको यो तेस्रो विकेट हो ।


अहिले आसिफ सेख ४५ रन बनाएर खेलिरहेका छन् भने गुलशन झा १ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले २२ ओभरमा ४ विकेट गुमाएर १०२ रन बनाएको छ ।