प्रधानमन्त्री प्रचण्ड र जापानकी विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको छ । आइतबार अपरान्ह सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । उनको यो पहिलो नेपाल भ्रमण हो। आजै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा आइतबार दिउँसो उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गरेकी छिन् । परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्दैछन् । विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति जापान प्रस्थान गर्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here