अशोक राईले नयाँ पार्टीका लागि आयोगमा दिए निवेदन, क-कसले छाडे उपेन्द्रको साथ ?



काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ । 


जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ ।

उपेन्द्र यादवको साथ छाडेका सांसदहरु
अशोक राई
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खान

उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव
उपेन्द्र यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here