गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा



पोखरा । गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् बैठकमै कालोझण्डा देखाएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुख धिताललाई कालोझण्डा देखाएका हुन् ।


मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसका सांसदले कालो झण्डा देखाएका हुन् ।

सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् । मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here