एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो 



काठमाडौँ । नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। तयारी पुरा नभएपछि आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो। 

नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो।


मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।