एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु



बुटवल । एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

सोमबार रातिदेखि  नै मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको भन्दै  स्थगित गरिएको मतदान मंगलबार बिहान ८ बजेदेखि  सुरु गरिएको हो । 


पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । त्यस्तै पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ ।

सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ । अधिवेशनबाट ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ ।

५ जना अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिष्पर्धा छ ।