भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु



नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।

‘पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो । दुई जनाको मृत्यु भएको छ।


तीन जना घाइते भएका छन्’, प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।