१६.९३ अंकले घट्यो नेप्से परिसूचक, ८२ करोड ४२ लाखको कारोबार



काठमाडौं । सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से १६ दशमलव ९२ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ७० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । दुई सय ७० वटा कम्पनीका २८ लाख १० हजार कित्ता शेयर ८२ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


आज इस्टर्न हाइड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । समग्रमा बजार राताम्मे भएको दिन आज विन नेपाल लघुवित्तको शेयर आठ प्रतिशत र आत्मनिर्भर लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ ।