अस्पतालमा टिकट काट्न लाइनमा बसेका एक विमारीको मृत्यु



चितवन । चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । आइतबार बिहान मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका–३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका थिए ।

सोही क्रममा अचानक ढलेपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए । डा. ज्ञवालीका अनुसार उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको थियो ।


थापा विहान १० बजे नै अस्पतालमा उपचारका लागि पुगेका थिए । तर, लगातार दुई दिन सार्वजनिक बिदापछि अस्पताल खुलेकाले बहिरंग सेवाको टिकट काट्नेको लामो लाइन थियो ।