सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा



काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ।

आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो।


बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन्।

त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ। उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ।