‘सिधा कुरा’ विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर



काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशललगायतविरुद्ध भ्रमक समाचार सामग्री तयार पारेर प्रसारण गर्ने ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानल तथा त्यसका प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दा दायर गरेको छ ।

आइतबार  सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेमार्फत दायर रिटमा सिधा कुरा डटकममा युवराज कँडेल, नविन ढुंगानासहितविरुद्ध मानहानीको कसूरमा कारबाही माग गरिएको छ ।


सिधा कुरा डटकमले अदालतको फैसलासँग सम्बन्धित अडिओ सार्वजनिक गरि मिडियाका सन्चालक र न्यायाधीश तथा वकिलहरु त्यसमा संलग्न रहेको दाबी गरेको थियो । 

उक्त मुद्दाको पेशी सोमवारका लागि तोकिएको छ ।