राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंग्याउन देउवाले बोलाए बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले बताए । शनिवार बिहान पनि देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनेबारे छलफल गरेको थियो ।