गुजरातमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित



काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ । बैंगलुरुले गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको बैंगलुरुले १६ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलुरुको जितमा विल ज्याकले अविजित ४१ बलमा १०० रन बनाएका थिए भने विराट कोहलीले अकिजित ७० रन बनाएका थिए ।


यस अघि पहिला बय्टिंग गरेको गुजरातले २० ओभरमा ३ विकेट गुमाउदै २०० रन बनाएको थियो । गुजरातको लागि साइ सुदर्शनले सर्बाधिक ८४ रन बनाएका थिए भने शाहरुख खानले ५८ रन बनाएका थिए ।

यो रोयल च्यालेन्जर्स बैंगलुरुको यो तेस्रो जित हो । १० खेलमा ६ अंकसहित बैंगलुरु पुछारमा रहेको छ ।

त्यसैगरी गुजरातको यो छैटौं हार हो । १० खेलमा ४ खेल जितेको गुजरात ८ अंकसहित सातौं स्थानमा रहेको छ ।