कांग्रेस–माओबादी गठबन्धनकै कारण अर्थतन्त्र डिलमा पुग्यो : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको निति तथा कार्यक्रम असफल दस्तावेज भएको बताएका हुन्।

प्रतिनिधि सभामा सरकारको निती तथा कार्यक्रमा एमाले अध्यक्ष ओलीले अर्थतन्त्र संकटमा जाँदा पनि सरकार मौन भएको बताएका हुन्। ओलीले भने, ‘अर्थतन्त्र डिलमा पुर्‍याउने प्रमुख कारण कांग्रेस–माओबादी गठबन्धन हो। तथ्याकंहरुले त्यसो बोल्दैनन्। यो गठबन्धन जनतालाई सुःख दिन हो कि अर्थतन्त्र ओरालो लगाउन बनाएको हो ? ’


अध्यक्ष ओलीले सरकारले ल्याउको नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज भएको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रममा सरकार प्रर्णरुपमा चुकेको र असफल भएको स्पष्ट देखिएको बताए ।

उनले भने,‘संविधानले प्रत्याभूत गरेको रोजगारी, आवास लगायतका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्ण रुपमा चुकेको छ। असफल भएको छ।’

अध्यक्ष ओलीले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँगको बैठकमा प्रधानमन्त्री ज्यूले राजस्व संकलन कठिनाइ भएको भन्न मिल्छ। यो सरकारको निति तथा कार्यक्रम असफल दस्ताबेज हो। सरकार समस्या समाधानका लागि बनेको हो। समस्यालाई दोष लगाएर सरकार उम्किन मिल्दैन। ’

सरकारप्रति जनताको विश्वास बढ्ने कुनै कार्यक्रम सरकारको निति तथा कार्यक्रममा समावेश नभएको बताए।