सांसद शाहको प्रश्न- मञ्जु खाँणबारे अनुसन्धान भयो कि भएन ?



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद मञ्जु खाँणको नाम जोडिएको विषय संसदमा प्रवेश गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लागेकी मञ्जु खाँणलाई सोधपुछ गर्न माग गरेका छन् ।


शाहले शरणार्थी प्रकरणमा मुछिएको आरोप लागेपछि उनलाई सोधपुछ गरियो कि गरिएन ? भन्दै प्रश्न उठाएका हुन् । त्यस्तै, यो प्रकरणमा नाम जोडिएका अन्य सांसदमाथि सोधपुछ भए/नभएको विषयमा पनि उनले ध्यानाकर्षण गराएका छन् ।

शाहले नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी ओलीले खोल्ने भनेको रहस्य के हुन्छ हुन्छ भन्नेबारे पनि प्रष्ट पार्न माग गरेका छन् ।