नेपाल विश्वका धर्मभीरुहरुको खेल मैदान बन्दैछ : सांसद केसी



काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले धर्म व्यक्तिको आस्थाको कुरा भएको बताएका छन् ।

प्रतिनिधिसभाको आज (आइतबार) शून्य समयमा बोल्दै उनले छिमेकी राष्ट्रका सत्ताधारी पार्टीका संगठनले नेपालमा हिन्दू राष्ट्रका पक्षमा वकालत गर्न नेपालका राजनीतिक दललाई भनेको जानकारी आएको बताएका हुन् । सांसद केसीले नेपाल विश्वभरका धर्मभीरुहरूको खेल मैदान बनेको बताएका छन् ।


‘नेपालमा अहिले एकातिर हिन्दू धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने, अर्कातिर इसाई धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोझ्याउने र अर्को बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीतिक दुनो सोझ्याउने प्रवृति नेपालमा देखा परेको छ, यो गम्भीर कुरा हो ।’