अशोक राई नेतृत्वको नयाँ पार्टीले पायो दलको मान्यता



काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको नयाँ पार्टीलाई दलको मान्यता दिएको छ। आइतबार बसेको आयुक्तहरूको बैठकले राई नेतृत्वको जनता समाजवादी पार्टीलाई दलको मान्यता दिने निर्णय गरेको हो।

राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए। राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ९ जना सांसद रहेका छन्।


आइतबार अशोक राईसहितका ७ जना सांसदले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेको बेलामा पार्टी विभाजन गर्ने प्रयास भएको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ । आयोगले नयाँ लको नाम जनता समाजादी पार्टी (जसपा) कायम गरिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here