नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट



काठमाडौं । आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको छ । नेप्से ०.७९ प्रतिशतले घटेर १९५८.७५ विन्दुमा पुगेको छ । 

सोमबार २ अर्ब ८९ करोड १३ लाख १९ हजार बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर ४८ हजार ७०९ पटक किनबेच भएको छ । 


आज ३१० कम्पनीको शेयर कारोबार हुँदा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ३.३८ अंकले, फ्लोट इन्डेक्स १.०७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०२ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये डेभलपमेन्ट बैंक समूह बाहेक अन्य सबै समूह घटेको छ । 

आज पोखरा फाइन्यस र दाेल्ती पावर कम्पनीको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here