नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन



काठमाडौँ । भर्खरै सकिएको राष्ट्रपतिको निर्वाचनमा पराजित नेकपा (एमाले) का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई उपनेता चयन गरेका हुन् । नेम्वाङ यसअघि पनि दलको उपनेताको जिम्मेवारीमा थिए ।


‘उपरोक्त सम्बन्धमा, तपाईलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु हुनेछ भन्ने विश्वास लिएको छु’, ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ । यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए ।

nem