एक, दुई मन्त्रालय मिलाउन बाँकी छ, भरे भोलिसम्म मन्त्रिमण्डल विस्तार हुन्छ : प्रधानमन्त्री



भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने लक्ष्य रहेको बताएका छन् ।

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गरी शपथग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।


उनले भने, ‘म एक बजे यहाँबाट फर्कने छु । एक, दुई वटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । अरु काम त टुंगेको छ । त्यसैले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने पनि भोलि बिहान होला ।’