दुईदिने वार्षिक कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुँदै



काठमाडाैँ । वार्षिक कलिङ्गा साहित्यिक महोत्सव काठमाडौँमा आयोजना हुने भएको छ । दुईदिने साहित्यिक महोत्सव यही असोज २९ र ३० गते हुनेछ । दुई सयभन्दा बढी वक्ता, कवि, कलाकारको महोत्सवमा सहभागिता हुनेछन् ।

महोत्सवमा २८ भन्दा बढी सामूहिक छलफल र बहस हुनेछ । लेखक सत्यमोहन जोशी, कनकमणि दीक्षित, तुलसी दिवस, रागिनी उपाध्याय, माया ठकुरी, डा जगमान गुरुङलगायतले महोत्सवमा भाग लिने भएको छ ।