नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत नौ हजार जनाको बीमा



काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी नौ हजार जनाको बीमा गरिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शङ्कर अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

बीमित खेलाडीको सङ्ख्या छ हजार रहेको छ भने बाँकी तीन हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जानकारी दिए । बीमाको अवधि एक महिना रहेको छ । प्रत्येकको रु १० लाख बराबरको बीमा गरिएको हो ।