देरवा सरकारको एकवर्ष, जनताका लागि भएन हर्ष !



उत्तम गाैडेल ।

सरकार छ देशमा । र त , उसको एकवर्षे कार्यकाल पुरा भएको छ । केपी ओलीले दुई दुई पटक हत्या गरेको संसदको प्राण सर्वोच्च अदालतले बचाईदिएपछि रचना भएको थियो देउवा सरकारको । त्यसैले बारम्वार केपी ओली भनिरहन्छन यो परमादेशी सरकार हो । ओलीक्रै शव्दमा परमादेशी हुनुको नाताले होला सरकार जे जे गर्छ विदेशीको हितमा गर्छ । जनताको नाम जप्दै, तर जनतालाई सताउदै, तर्साउदैमा सरकारले एकवर्र्षे जोवन बिताएको छ ।


सरकार सत्ता शक्तिको शिखर सिंहदवारमा छ, त्यसैले उसले अमेरिकाको हितमा एमसीसी पास गर्ने कार्यसूचि रातारात पुरा गर्छ । तर नागरिकलाई राहत दिने मुद्धा भुलिदिन्छ । सरकार जनादेशको जगमा नबनेक्रै कारण हुन सक्छ, जनताका, भूईमान्छेका कुराप्रति खासै वास्ता राख्दैन ।

सरकार सार्वजनिक सवारीमा यात्रा गर्दैन । त्यसैले यातायात भाडामा पट्क पट्क भएको भाडा वृद्धि सरकारका लागि उपलव्धी हो, समस्याको सरोकार होईन । सरकारी मान्छेको भात भान्सा सरकारी ढुकुटीबाटै चल्दै आएको लामो शासकीय परम्पराको निरन्तरता नै छ । त्यसैले तेल, चिनि, चामल, पानी, नून वा मुसला, तरकारी आदिमा भएको अचाक्ली भाउवृद्धिप्रति सरकार अनदेखा गर्छ । भुईमान्छेहरुको चुलो बलोस की निभोस, भान्सा सस्तो होस की महंगो, सरकारलाई के मतलव ? सरकार हिड्छ आफ्नै सुरमा, जनता भुल्दै जान्छ ।

सरकारले ईन्धनको मोल बढाउन त नयाँ नयाँ कीर्तिमान नै राख्दै आको छ । सरकारका मान्छेले सरकारी बिलबाटै तिर्छन ईन्धनको मोल । अनि ईन्धनको मोल नियन्त्रणमा सरकार कुराले ठिक्क पार्छ, मूल्य सूचि निर्धारण आकाशिदो डलर भाउले मात्रै गर्छ । विद्यालयहरुमा नानीबाबुका लागि समयमा किताव पुगेन्न, पहिला पहिला जस्तै, यसमा सरकारको होईन, जनक शिक्षाको दोष हुन्छ । सडकका खाल्डाखुल्डी पुर्ने काम ठेकेदारको हो, सरकारलाई त्यता ध्यान दिने फुर्सद नै हुन्न ।

असारमा मल ल्याउन नसक्ने सरकार कृषिक्रान्तिका गुड्डी हाक्छ, धन्य हो नी सरकार । खेतीमा मलको जोगाड गर्नु त किसानकै काम हो नी, थोडा सरकारको काम हो र ? मल कारखाना देशमा छैन, विदेशीले डलर भाउ बढेकोले ठेकेदारलाई सस्तोमा रसायनिक मल दिन सकेन्न, यसमा ठेकेदारको पनि दोष हो भन्न सरकारले मिल्दैन । किन की सरकार ठेकेदारले पालेको, चलाएको देश हो नी त ।

यस्तै यस्तै छ देशमा सरकारको हाल । सरकार आफ्नै काममा मस्त छ, व्यस्त छ । सरकारले कहिल्यै पनि जनतालाई भुल्दैन । मंसिरमा चुनाव छ, सरकार, दल भोट माग्न नोट सहित चुनावी प्रचारका बेला जनताको घरदैलोमा आउने नै छन । सरकारले जनताको भलो गर्ने होईन नी, परम्परादेखि नै जनताको भलो गर्न त देवादीदेव महादेव पशुपतिनाथ छदैछन नी ।

यी र यस्तै यस्तै आधार र कारणहरुकै कारण एकवर्षे कार्यकालका लागि सरकारलाई बधाई र धन्यवाद दिनैपर्छ । देशमा सरकारले हटाएका राष्ट्र वैंकका गर्भनर अदालतको आदेशको टेकोमा पदासिन भएको बेला, करका दर हेरफेरमा व्यापारीका प्यादा पालेको निहुँमा अर्थमन्त्री पदमुक्त भएका बेलामा कसैले पनि देउवा सरकारलाई गाली गर्नु हुदैन । सरकारको वाध्यता भनेर मनन, सहन गरिदिनुपर्छ । सरकारले एकवर्षमा नेकपा एकीकृत समाजववादीका दुई लट मन्त्री जन्मायो । दुईफेर मन्त्री उत्पादन गर्ने जनता समाजवादी यस्तै कारणहरुले फेरि फुटको संघारमा पुगेको छ । त्यो पनि निकै अप्ठयारो छ विचरा सरकारका लागि । सरकारले गैर साँसद गजेन्द्र हमाललाई मन्त्री बनाएर क्रान्ति गर्न खाजेक्रै थियो । तर विरोधीले टिकी खान दिएनन् ।

प्रधानन्यायधिस चालेन्द्र शम्शेर जबरामाथि पास हुन नसक्ने महाअभियोगको तरवार हानेर सरकारले स्वतन्त्र न्यायलयमाथिको नियन्त्रणमा नयाँ ईतिहास रचिसकेको छ । सरकारले आर्थिक मन्दीका बेला प्रचलित दररेट भन्दा चौगुना बढी मोल तिरेर थोत्रा हतियार किनेर प्रहरीलाई जनताका साथि बनाउन लागि परेकै छ । सरकारले जनताका लागि होईन, जनताले सरकारका लागि सबै बेथिति सहिदिनुपर्छ अचेलको सत्तामा । किन की यो दलतन्त्र हो, परमादेशी सरकार हो ।

त्यसैले सरकारको एकवर्ष, जनताका लागि भएन हर्ष । तर सत्ता गठबन्धनका ५ दल र तिनका आसेपासेदेखि सरकारबाट लाभ लिनेका लागि त यो सरकार महान छ, क्रान्तिकारी हुनुपर्छ । त्यसैले जनतालाई दिन नजानेको जनताबाट लिन मात्र सिपालु देउवा सरकारलाई वर्षदिने कुशासनका लागि वधाई र शुभकामना नै भन्नुपर्छ नी पर्दैन र भन्या ?