सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहार आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा



काठमाडौँ । जोरपाटीको सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

होस्टलमा बस्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि होस्टेल वार्डेन रामजी बस्नेत फरार छन् । उनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।


महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक ढुण्डराज न्यौपानेका अनुसार होस्टेलमा भएको यौन दुर्व्यवहारबारे शिक्षालयका प्रिन्सीपल दुर्गानाथ शिवाकोटीसँग सोधपुछ भइरहेको छ।

‘शिक्षालयमा भएको यौन दुर्व्यवहार भएको भन्ने छ। त्यहाँका प्रिन्सीपललाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं। अहिलेसम्म जाहेरी भने आएको छैन,’ उनले भने।

विद्यार्थीहरुले घटनाबारे शिक्षालयलाई जानकारी गराए पनि सुनुवाई नभएको अभिभावकहरुको गुनासो छ।