एमालेको दशौँ महाधिवेशन आयोजक समितिकाे कारवाहीलाई मान्यता नदिने आदेशविरुद्ध आज सुनुवाइ हुँदै



कठमाडौ, असार ८। नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेका कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको भ्याकेड मुद्दाको सुनुवाइ न्यायाधीशद्वय डा.अानन्दमोहन भट्टराइ र हरिप्रसाद फुयाँलले गर्नुहुने भएको छ ।

सार्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइन न्यायाधीशद्वय भट्टराइ र फुयालको इजलासमा हुने तोकिएको छ ।


एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको उक्त कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिनुभएको थियो ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले पार्टी ह्वीप विपरित काम गरेको भनी गरिएको सो कारवाही विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

सो रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अधिवेश आयोजक समितिको कारवाही रोक्न अन्तरिम आदेश दिनुभएको थियो ।