बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता



बझाङ । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ । आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहान १५१ मतले पछाडि पारेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ६ हजार ८५३ मत पाएका छन् । एमालेका उम्मदेवार दमन भण्डारीले ६ हजार ७०२ मत पाएका छन् । पहिलो पटक कांग्रेसले एमालेको अग्रतालाई तोडेको हो ।


माओवादीका उम्मेदवार जनक बुढा दुई हजार ८२२ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह दुई हजार ९१ मत सहित चौथो स्थानमा छन् ।