इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)



इलाम । इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। उनले ६ हजार ४ सय ३ मतका साथ अग्रता कायमै राखेका हुन्। उनलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहेका छन्। कांग्रेसका खड्काले चार हजार ७८० मत ल्याएका छन्। एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर १६ सय २३ रहेको छ।

तेस्रो स्थानमा रहेका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले तीन हजार १८८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक हजार मत पाएका छन्। सोमबार बिहान ४ बजेसम्म १५ हजार ९६८ मत गणना भएको छ। जसमध्ये १८६ मत बदर भएको छ।


इलाम २ मा शनिबार उपनिर्वाचन भएको हो।