देउवाद्धारा महाधिबशेनको पूर्व सन्ध्यामा ५५ महासमिति सदस्य थप

काठमाडौं । १४ औं महाधिबशेनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनिल थापा सँगै राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका ५५ जनालाई महासमिति सदस्य मनोनित गरेका छन् । जसमध्ये थापाको गृह जिल्ला धनकुटाबाट ११ र कोइराला परिवारको गृहनगर मोरङबाट १२ जना छन् ।

महासमिति सदस्य भएकामा एक सहमहामन्त्रीसहित ७ केन्द्रीय सदस्यसहितका नेता छन् । सहमहामन्त्री थापासहित केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव किरण गिरी र डा. टिएन योगी छन् ।

महासमिति सदस्यमा मनोनयन भएकाहरू धनकुटा, मोरङ, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौँ, ललितपुर, झापा, कैलाली, कपिलवस्तु, कालिकोट, संखुवासभा, भक्तपुर, रामेछाप, सर्लाही, बाजुरा, महोत्तरी, अर्घाखाँची दाङ र ताप्लेजुङका छन् ।