इलाम मतगणना अपडेट : एमालेका सुहाङ नेम्वाङ २ हजार २८२ मतले अगाडि



काठमाडाैं। इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता लिइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्।

हालसम्म नेम्वाङले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन्। दाेस्राे स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का रहेका छन्। उनले ५ हजार ३ सय ९५ मत पााएका छन्।


तेस्राे स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बू ले एक हजार १ सय ६२ मत प्राप्त गरेका छन्।  फाकफोकथुम र चुलाचुलीका १,२,३,४,५ वडाको गणना सक्किएको छ। अहिले चुलाचुली ६ को गणना जारी छ।