१४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहिबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएकोमा चाँदीको मूल्य आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here