हामी बलियो त छौं, तर पर्याप्त छैनौं : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले रुचाएको शक्ति स्थापित नभएसम्म राजनीतिप्रति जनताको आस्था घटेर जाने बताएका छन् । उनले देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्यको लागि नै आफूहरुले बलियो राष्ट्रिय शक्ति निर्माणको कुरा गरेको बताए ।

उनले भने,‘हामी बलियो त छौं, पर्याप्त छैनौं । हामी अरुभन्दा ठूला त छौं, तर राष्ट्रिय आवश्यकत्ता पूरा गर्ने अवस्थामा पुगेका छैनौं । पहिलो हुनुमात्रै पर्याप्त होईन रहेछ, बलियो र निर्णायक हुन जरुरी छ ।’ उनले अहिले बनेको नयाँ समिकरणले नयाँ जगमा देशलाई अघि बढाउन खोजेको बताए । उनले आफूहरुको मिसन–८४ लाई नीतिगत बहसको रुपमा रुपान्तरण गर्ने पनि विश्वास दिलाए ।


नेकपा (एमाले) को भोलिबाट सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको छ । एमाले मुख्यालय च्यासलमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव शंकर पोखरेलले भोलिको बैठकको तयारी पूरा भएको जानकारी गराएका हुन् ।

बैठकमा २४५४ जना सहभागी हुने जनाईएको छ । ललितपुरको गोदावरीस्थित् सनराईज हलमा हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाईएको छ । बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रुपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना पनि प्रस्तुत हुने महासचिव पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here