प्रथम महिला सचिव चन्द्रकला किरणको निधन



काठमाडौं । नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनको निधन भएको हो ।

किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन् । २०४१ सालमा सचिव बनेकी किरण निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पुग्ने पहिलो महिला हुन् ।


उनी २०४६ सालमा सेवानिवृत्त भएकी थिइन् । किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित थिइन् ।