सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जनाको सनाखत



चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार मृतक तीनै जना दोलखा भीमेश्वर नगरपालिकाका हुन् ।

दुर्घटनामा १९ वर्षीय दीपेन्द्र थामी, १८ वर्षीय शिव श्रेष्ठ र ७० वर्षीय मानबहादुर थामीको मृत्यु भएको हो । शुक्रबार बिहान साढे ७ बजे बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना भएको हो । बस भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा दुलही लिन आएको थियो । बस तौथली नजिकै धारावतीमा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here