देशभर इन्टरनेट सेवामा समस्या



काठमाडौँ । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन् । 

अहिले नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवामा समस्या देखिएको छ भने केही स्थानमा इन्टरनेट पूरै ठप्प भएको छ। धेरै ग्राहक रहेका वर्ल्ड लिङ्क र सुविसुसहितका आईएसपीका ग्राहकहरूले इन्टनरनेट रोकिएपछि सामाजिक सञ्जालमा सोधीखोजी गरिरहेका छन् ।


बिहीबार करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन । कतिपय सेवाग्राहीले इन्टरनेट चल्न नसकेको बताएका छन् भने कतिपयले चाहिँ चलेको भएपनि सुस्त गति रहेको बताएका छन् ।