सेती नदिमा बेपत्ता भएका एक जनाको शव फेला



डोटी । डोटी जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीस्थित सेती नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख १९ गते फेला पारेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय नर बहादुर तामाङ यही १७ गते उक्त नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।


नं.७ वैद्यनाथ बाहिनी मुख्यालय धनगढीबाट खटिएको गोताखोर टोलीले उनको शव नदिको २० फिट गहिराइबाट निकालेको हो । उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिलगढी पठाइएको छ ।