मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जना सिफारिस



काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका लागि प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्काको नाम सिफारिस गरिएको हो ।

गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो ।


विज्ञहरुबाट प्रतिस्पर्धीको मूल्यांकन गरिएको समितिले जनाएको छ । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here