वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार



काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको शृंखला जितेको छ । आज भएको चौथो खेलमा नेपाललाई हराउँदै वेष्ट इन्डिजले सिरिज ३-१ ले आफ्नो पक्षमा पार्दै उपाधि कब्जा जमाएको हो ।

आज भएको चौथो खेलमा नेपाल रनले पराजित भयो । वेष्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल २८ रनले पराजित भयो ।


२१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा अलआउट हुँदै १८१ रनमा सीमित भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ८२ रन जोडेका थिए । रोहितले यसअघि पहिलो खेलमा शतक (११२ रन) र दोस्रो खेलमा ७१ रन प्रहार गरेका गरेका थिए ।

 दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।