वनलाई हात्तीमैत्री बनाउनुपर्छ : अध्यक्ष लिङ्देन



बनियानी (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्तीमैत्री बनाउनुपर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय झापाद्वारा आज यहाँ आयोजित ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा उनले वन क्षेत्रमा हात्तीलाई चाहिने आहारा, पानीलगायतको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।


“हात्तीलाई छेक्नेभन्दा पनि आहारा व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “वनमा हात्तीले खाने कुरा छैन भने जति नै रोके पनि गाउँ बस्ती पस्छ ।”

वन क्षेत्रमा बोटबिरुवा लगाउँदा हात्तीले खाने लगाउनुपर्नेमा उनले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here