मधेस प्रदेशसभा बैठक फेरी स्थगित, प्रतिपक्षी दलको अवरोधले कुर्सी, माइक र क्यामरामा तोडफोड



जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन् ।

जनमत पार्टीका सांसदहरुले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने माग राख्दै अवरोध गरिरहेका छन् । त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको छ । प्रदेशसभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ ।


यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको छ । 

दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । यसअघि पनि संसद अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक  करिब ५ घण्टापछि संचालन गरेका थिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here