बरु पार्टीको सटर बन्द गर्न तयार छु, चन्दा लिँदैनौंः रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अपारदर्शी कालो धनबाट चन्दा लिएर पार्टी नचलाउने उद्घोष गरेका छन् ।

आज (बुधबार) इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बरु पार्टीको सटर बन्द गर्न तयार रहेको तर चन्दा नलिने बताएका हुन् । ‘बरु पार्टीको सटर बन्द गर्न तयार छु, अपारदर्शी कालो धनको चन्दा लिँदैनौं,’ उनले भने ।


साथै, इलाम–२ को उपनिर्वाचनमा रास्वपाको उम्मेदवार मिलन लिम्बुको जित सुनिश्चित रहेको बताए । रास्वपा सबैभन्दा बढी पारदर्शी र समानुपातिक दल रहेको उनको दाबी छ । उनले रास्वपाले सबैको पहिचानलाई सम्मान गर्ने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here