अन्यौलमा गण्डकी सरकार, मुख्यमन्त्री अधिकारीले विश्वासको मत नलिने



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नलिने भएका छन् । यसअघि विश्वासको मत लिने उद्देश्यले आज विशेष अधिवेशन बोलाइएको थियो । प्रदेशसभाको विशेष अधिवेशन दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

त्, संसदबाट आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत नलिने भएका हुन् । मुख्यमन्त्री अधिकारीले तत्काल संसदबाट विश्वास पाइहाल्ने स्थिति नरहेकाले बैठकमा विधेयकमाथि छलफल हुने बताइएको छ ।


संसद सचिवालयका अनुसार जीवनाशक विधेयक र सडकसम्बन्धी विधेयक छलफलका लागि तयार छ । अन्य बिजनेस भने संसदमा छैन । संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार अहिलेसम्म विश्वासको मत लिनेबारे जानकारी संसद सचिवालयलाई दिइएको छैन । आज १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तय गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here