सभापति देउवाद्वारा आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टीको विधान अनुसार सदस्य थपेका हुन् ।

केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि सभापति देउवाले १० जना सदस्य शुक्रबार मनोनीत गरेका हुन् ।


नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्वे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ, कृष्ण घिसिङलाई सभापति देउवाले सदस्य मनोनीत गरेका हुन्।