कोशी प्रदेश ट्रफी टी–२० क्रिकेटको उपाधि आर्मीलाई



विराटनगर । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार विराटनगरमा भएको खेलमा कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो । कर्णालीले दिएको एक सय ११ रनको लक्ष्य आर्मीले १२ ओभर २ बलमा मात्रै एक विकेट गुमाएर भेट्टायो ।

आर्मीका तृतराज दासले अर्धशतक बनाए । यस्तै इमरान शेखले ३८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले २७ र रवीन्द्र शाही तथा मनिष थापाले समान २१ रन बनाए । आर्मीका तृतराज दास, बसिर अहमद, शहाब आलम र सुमित श्रेष्ठले समान दुई विकेट लिए । मोरङ क्रिकेट संघले गरेको प्रतियोगितामा तीन विभागीय टोली र सात वटा प्रदेशका टोली सहभागी थिए ।