आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिन अमेरिका जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

बेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको  शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।


नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । क्यानले बुधबार टी–२० विश्वकप खेल्न नेपाली टोलीको घोषणा गरेको थियो ।

टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here