बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी



काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा बुकायो साका, लीन्द्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरेका थिए ।


यो जितपछि आर्सनल यस सिजनको लिग जितको दौडमा सबैभन्दा अगाडी रहेको छ । आर्सनलको ३६ खेलमा ८३ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक रहेको छ ।

त्यस्तै बोर्नमाउथको ३६ खेलमा ४८ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here